Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


उद्घाटन समारोह विगतभन्दा खल्लो


3.8k
Shares

काठमाडौं । ३९ वर्षपछि पोखरामा फर्किएको नेपाली खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव राष्ट्रिय खेलकुदको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन भयो । वि.सं.२०४० सालमा पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो । त्यसपछि नवौं संस्करणका रूपमा पोखरेली जनताले ४१ वर्षको इतिहास बोकेको खेल महोत्सव आयोजना गर्ने अवसर पाए ।

पोखरा रंगशालामा शुक्रबार नवौं राष्ट्रिय खेलकुदको विभिन्न कार्यक्रमका बीच उद्घाटन समारोह भयो । नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले विधिवत् रूपमा नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गरेका थिए । उनले उद्घाटनको विधिवत् घोषणा गरेसँगै आतिसबाजी भएको थियो ।

उपराष्ट्रपति पुनले नेपालको ऐतिहासिक खेलकुद महोत्सव आयोजना गर्न पाएकोमा गण्डकी प्रदेशका जनतालाई बधाई दिए । खेलकुदमा लगानी बढाउन राज्यको ध्यान बढ्नुपर्ने आवश्यकता पनि औंल्याए । त्यसअघि एथलेटिक्सका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गरेका थिए ।

१८औं एसियाडमा रजत पदक विजेता प्याराग्लाइडिङका सुशील गुरुङले खेलाडीको तर्फबाट र भलिबलका अन्तर्राष्ट्रिय रेफ्री टहलसिंह थापाले निर्णायकको प्रतिनिधित्व गर्दै शपथ लिएका थिए । यद्यपि, त्यसअघि आयोजनाको आकर्षण रहेको उद्घाटन समारोह विगतभन्दा खल्लो रह्यो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।