काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनदर यो साताको अन्तिम दिनहरू बिहीबार र शुक्रबारमा आएर केही बढेको छ ।
बिहीबार एकैदिन ३८ अर्ब रूपैयाँले निक्षेप संकलनदर वृद्धि भएको थियो ।
यो साताको चौथो दिन बुधबारसम्म बैंकहरूमा ५१ खर्ब २५ अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । असोज २५ गते मंगलबारसम्म भने बैंकहरूले ५० खर्ब ८७ करोड रूपैयाँ निक्षेप संकलन गरेका थिए ।
यता, वाणिज्य बैंकहरूको निक्षेप भने एक दिनमै ३६ अर्ब रूपैयाँले वृद्धि भएको छ । योसँगै असोज २६ गते बुधबारसम्म वाणिज्य बैंकहरूले ४५ खर्ब १७ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्