सुर्खेत । बैंकले ब्याज बढाएको भन्दै सुर्खेतका व्यवसायीहरू पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् ।
बैंकले ऋण लगानीको ब्याज महिनैपिच्छे बढाउने, सेवा शुल्कका नाममा अनेकौं शुल्क लिएर थप आर्थिक भार थाप्ने काम गरिरहेको व्यवसायीहरूको आरोप छ ।
आज वीरेन्द्रनगरको मंगलगढी चोकदेखि व्यवसायीहरूले र्याली सुरु गरेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । सो विषयमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले राष्ट्र बैंकलाई पनि ध्यानाकर्षण पत्र बुझाएको छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बैंकहरूले जबरजस्ती रुपमा बढाएको ब्याज दर र ब्याज किस्ताका लागि व्यवसायीलाई मानसिक यातना दिने गरेको बताउनुभयो ।
साथै असोज मसान्तभित्र बैंकहरुलाई बुझाउनुपर्ने भनिएको त्रैमासिक आय किस्ताबापतको रकम नर्तिन सम्पूर्ण, व्यापारी, व्यवसायी एवं सर्वसाधारण सेवाग्राही समेतलाई अपिल गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्