कर्णाली प्रदेशमा ११६ जना उम्मेदवार चुनावी मैदानमा « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


कर्णाली प्रदेशमा ११६ जना उम्मेदवार चुनावी मैदानमा


39
Shares

काठमाडौं । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेशसभा सदस्य पदका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

सबै भन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । सबै भन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४-४ वटा निर्वाचन क्षेत्र रहेका छन् । बाँकी जिल्लामा २-२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।

सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०-१० जना चुनावी प्रतिस्पर्धामा छन् । डोल्पामा ७, मुगुमा ८, जुम्लामा ८ र जाजरकोटमा ७ जना उम्मेदवार रहेका छन् । त्यस्तै प्रदेशसभा सदस्य पदका लागि १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।