 
	    काठमाडौं । पूर्वी चितवनको रत्ननगरमा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आज शुक्रबार बिहान भिषण आगलागी भएको छ ।
बिहान ४ बजेदेखि लागेको आगो केही बेरअघि नियन्त्रणमा आएको छ ।
आगो निभाउन खैरहनीका दुई वटा दमकल र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।
उद्योगमा राखिएका ड्रम र कार्टुनमा आगो लागेकाले आगो नियन्त्रण गर्न समय लागेको बताइएको छ ।
आगलागीको कारण नखुले पनि विद्युत सर्ट भएको हुनसक्ने अनुमान गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्