काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना नगर्ने सरकारी कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्ने जनाएको छ ।
आयोगले आचारसंहिता उल्लंघन गर्ने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्न कार्यालय प्रमुखलाई बिहीबार निर्देशन दिइएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बताउनुभयो ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहअन्तर्गतका निकाय, अर्थ सरकारी तथा सार्वजनिक संस्था, सरकारी वा अर्थ सरकारी निकायबाट सञ्चालित परियोजना, विकास समितिजस्ता निकायमा कार्यरत कर्मचारी, सरुक्षाकर्मी तथा विद्यालय वा विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारीलाई निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने दायित्वको सूचीमा आयोगले राखेको थियो ।
कुनै कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुने वा प्रचारप्रसार गर्ने, सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा सेयर गर्ने वा सामाजिक सञ्जालमार्फत मत माग्न नमिल्ने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्