काठमाडौं । चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन ननिकिँदै जादाँ उद्योगी र व्यवसायीहरूमा भने चिन्ता थपिएको छ ।
कोभिड महामारी र त्यसपछिको विश्वव्यापी आर्थिक मन्दीका कारण थला परेका व्यवसायीहरू राजनीतिक दल र उम्मेदवारहरूबाट चन्दा माग्ने क्रम सुरु भएसँगै त्रासमा देखिन्छन् ।
चुनावसम्म कसरी नेता तथा कार्यकर्ताको सम्पर्क बाहिर रहने भन्ने चिन्ता व्यवसायीमा यतिबेला छ ।
राजनीतिक दलहरूले महाधिवेशन, सम्मेलजस्ता विभिन्न ठूला कार्यक्रमका लागि व्यवसायीसँग चन्दा माग्ने गरेका छन् । विगतमा व्यापार व्यवसाय सहज थियो र चन्दा दिन पनि समस्या थिएन, एक व्यवसायीले भने , ‘यसपटक भने हामी चरम आर्थिक संकटमा छौं, कहाँबाट चन्दा दिनु ?’ उनका अनुसार व्यवसायीहरू उतिबेला राजनीतिक दल र नेताहरूको दबाब झेल्नुभन्दा कार्यालय र सार्वजनिक कार्यक्रममा कम जाने तथा फोन सम्पर्क नगर्ने लगायतका उपायमा छन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्