Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


आयात प्रतिबन्ध नथप्न माग

प्रतिबन्धको समय शुक्रबार सकिने हुनाले व्यवसायीको लबिङ तीव्र

182
Shares

काठमाडौं । व्यवसायीका विभिन्न संघसंस्थाहरूले सरकारले लगाएको आयात प्रतिबन्धको म्याद नथप्न माग गरेका छन् ।

सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार जिप भ्यान, ३०० डलरभन्दा बढी मूल्यका मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाएको अझै कायम रहेकोमा उनीहरूले तत्काल आयात प्रतिबन्ध खोल्नुपर्ने माग गरेका हुन् ।

नेपाल समुद्रपार निकासी पैठारी संघले बढी राजस्व हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकतर्फ सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको अनि अर्कोतर्फ ती वस्तुको कारोबारका लागि अबौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठुलो नोक्सानी बेहोनुपर्ने जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।