Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्वनेताबाट चुनौती


832
Shares

काठमाडौं । मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिएको छ ।

एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र एमालेका उम्मेदवार २० वटा निर्वाचन क्षेत्रमा आमनेसामने हुँदैछन् ।

आफ्नै दलका पूर्वनेताहरूसँग आमनेसामने हुने निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जित निकाल्न असहज हुने महसुस गरेका छन् ।

उम्मेदवारी मनोनयनको एक दिनअघि एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालसँग पनि एमालेले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।