Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


कांग्रेसमा नयाँभन्दा पुरानैलाई अवसर


104
Shares

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँभन्दा पुराना नेताहरूलाई नै अवसर दिएको छ ।

प्रतिनिधिसभाका एक दर्जन बढी निर्वाचन क्षेत्रमा भने उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डेसहित नेताहरू पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका छन् ।

तीमध्ये केही नेताले भने समानुपातिकतर्फबाट संविधानसभा, प्रतिनिधिसभाका साथै राष्ट्रियसभा सदस्यको भूमिका निर्वाह गरिसकेका छन् । अर्थात् २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका केही नेता आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् ।

पहिलो पटक प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्ने नेताको संख्या भने कांग्रेसमा आधा दर्जन पनि छैन ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।