काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवसीय नेपालीले सहज रुपमा लगानी गर्ने र लगानीको प्रतिफल उपभोग गर्न सक्ने वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार गैरआवासीय नेपाली संघ दिवस (एनआरएनए डे) लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न समेत गैरआवासीय नेपालीहरूलाई आह्वान गरे ।
उनले गैरआपासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको जानकारी समेत गराए ।
उनले हरेक गैरआवासीय नेपालले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्