Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


शीर्ष नेतालाई जिताउने रणनीति: विपक्षीले दिए कमजोर उम्मेदवार


10.5k
Shares

काठमाडौं । प्रमुख राजनीतिक दलका अध्यक्षले उम्मेदवारी दिएका क्षेत्रमा विपक्षी पार्टीहरूले कमजोर उम्मेदवार दिएर एकले अर्कालाई अघोषित सहजीकरण गरेका छन् ।

आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा होमिएका चार शीर्ष नेताहरूको क्षेत्रमा सबै दलले कमजोर उम्मेदवार दिएका हुन् ।

एकातर्फ कांग्रेस नेतृत्वको पाँच दलीय सत्तागठबन्ध र अर्को तर्फ एमाले नेतृत्वमा जसपा र राप्रपाको स्थान विशेषको गठबन्धन भए पनि शीर्ष नेताहरूको स्थानमा दुवै पक्षले कमजोर उम्मेदवार खडा गरेका छन् ।

मंसिर ४ मा सम्पन्न हुने संघीय संसद्को निर्वाचनका लागि झापा–५ बाट प्रतिनिधिसभा मनोनयन दर्ता गराएका एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धाका लागि कांग्रेसले आफ्नो मत सुरक्षित गर्नका लागि मात्रै उम्मेदवारी दिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।