Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


आधिकारिक उम्मेदवारविरूद्ध दुवै गठबन्धनमा विद्रोहको ज्वाला


429
Shares

काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिने पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध विद्रोहको ज्वाला दन्किएको छ ।

राजनीतिक वैचारिक र जनताका एजेन्डा बोक्न सक्ने युवा पुस्तालाई पाखा लगाउँदै निरन्तर खाईपाई आएका, पैसावाल र गुटका आधारमा टिकट वितरण भएको भन्दै गठबन्धन दलहरूभित्रै विद्रोहको ज्वाला दन्किएको हो ।

पटकपटक चुनाव लड्दै आएका पुरानै अनुहार, तिनका निकटता र नोटवालालाई टिकट दिएपछि सत्ता र प्रतिपक्ष दुवै समूहका नेताकार्यकर्ताले विद्रोह गर्न बाध्य भएको बताएका छन् ।

मंसिर ४ मा हुने यो निर्वाचनमा सत्ता र प्रतिपक्ष गठबन्धनबीच प्रतिस्पर्धा हुँदै छ । विगत २०७४ अघिका निर्वाचनमा दलहरूबीच गठबन्धन गरेर चुनावमा जाने चलन थिएन ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।