काठमाडौं । जनक शिक्षा सामग्री लिमिटेडले पर्सिबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ गर्ने भएको छ ।
दशैंअघि समानुपातिकतर्फको ४ करोड मतपत्र छपाइ पूरा गरेको केन्द्रले प्रत्यक्षतर्फको छपाइ सुरू गर्न लागेको हो ।
केन्द्रले करिब एक महिना लगाएर समानुपातिकतर्फको मतपत्र छपाइ पूरा गरेको थियो ।
निर्वाचन आयोगले प्रदेश र संघको प्रत्यक्षतर्फको मतपत्रको चिन्हमा सेतो कागजमा रातो रङले छपाइ गर्नेछ । समानुपातिकको सेतो कागजमा कालो रङको छपाइ भएको हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्