Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


कालिकोटमा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो


1.4k
Shares

काठमाडौं । कालिकोटको तिलागुफामा मलामी जाँदा पहिरोमा परी बेपत्ता भएका १३ जनाको पहिचान खुलेको कालिकोट प्रहरीले जनाएको छ ।

पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ का ५६ वर्षका वडाअध्यक्ष समेत रहेका परबहादुर शाही, ३६ वर्षका छत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही,४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ५५ वर्षका धना शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षका मानबहादुर शाही,७६ वर्षका अली शाही, ४१ वर्षका मोतिलाल शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेका प्रहरीले जनाएको छ ।

शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएसँगै उनीहरु सम्पर्कविहीन भएका थिए । प्रहरी र स्थानीयले बेपत्ताहरूको खोजीकार्य जारी राखेका छन् । पहिरो तिला नदीसम्म पुगेको प्रहरीले जनाएको छ ।