Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


एमालेमा आन्तरिक असन्तुष्टि बढ्दै


897
Shares

काठमाडौं । चुनाव नजिकिदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।

एमाले-जसपा-राप्रपासहित अन्य साना दलहरु गठबन्धन गरेर चुनावमा जानेसहमति अनुसार टिकटमा भागबण्डा गरेपछि पार्टीहरुमा आन्तरिक असमझदारी बढेको हो । ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फरक मत राख्ने नेताहरुलाई टिकटबाट बञ्चित गरेको भन्दै कार्यकर्ता तहमा व्यापक असन्तुष्टि चुलिएको छ ।

एमालेबाट टिकट नपाएपछि नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।