काठमाडौं, भदौ ५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वर्तमान सरकारका ६ महिना भाषणमामात्रै सीमित रहेको आरोप लगाएका छन् ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले ६ महिनामा आश्वासन बाँड्नेबाहेक अरु केही नगरेको जिकिर गरे ।
यस्तै, नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देवले प्रधानमन्त्री कार्यालय र मन्त्रालयहरु माफियाले चलाएको दाबी गरे ।
सिन्डिकेट हटाउन र सुनकान्डको नतिजा दिन सरकार असफल भएको भन्दै उनले शिक्षा, स्वास्थ्य र हवाई क्षेत्रमा माफियाकरण गर्नेहरुले सरकारलाई घेरेको दाबी गरे ।
कार्यक्रममा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारकोविरुद्धमा वर्तमान सरकार कठोररुपमा लाग्ने बताए ।
यस्तै, डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष यदुनाथ खनालले न्यायालयमाथि एकपछि अर्को हस्तक्षेपको भइरहेको बताए ।









प्रतिक्रिया दिनुहोस्