८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


१५ वर्षीय बालिकालाई करणी आरोपमा अहेब पक्राउ


0
Shares

तेह्रथुम, असार ३ । १५ वर्षीय बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा तेह्रथुममा कार्यरत एक अहेब पक्राउ परेका छन् । 

करणी आरोपमा प्रहरीले सप्तरी स्थायी घर भई हाल जिल्लाको छथर गाउपालिका–२ स्थित हमरजुङ स्वास्थ्य चौकीमा कार्यरत अहेब सन्जिव यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो ।

अहेब यादवले नाबालिकालाई ललाई फकाई करणी गरेको भन्दै बालिकाको परिवारले उजुरी दिएपछि प्रहरी चौकी शुक्रबारेले शनिबार यादवलाई पक्राउ गरेको थियो । 

उनलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजन भुजेलले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।