पूर्व एसएसपी थापा कपिलवस्तु–२ ‘क’ बाट उम्मेदवार « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


पूर्व एसएसपी थापा कपिलवस्तु–२ ‘क’ बाट उम्मेदवार


897
Shares

काठमाडौं । नेपाली कांग्रेसले नेपाल प्रहरीका पूर्व एसएसपी विक्रमसिंह थापालाई कपिलवस्तु क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ बाट उम्मेदवार बनाएको छ ।

सीट बाँडफाँटका क्रममा सत्तारूढ गठबन्धनबीच सहमति हुँदा कपिलवस्तु–२ ‘क’ कांग्रेसको भागमा परेपछि कांग्रेसले पूर्व एसएसपी थापालाई उम्मेदवार बनाएको हो ।

कांग्रेस संसदीय निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश क्षेत्रीय समितिले प्रदेश सभामा उहाँको नाम सिफारिस गरेको थियो ।

प्रहरीमा नाम चलेका र अपराध अनुसन्धानमा अब्बल मानिएका उहाँले ३ वर्षअघि कांग्रेसमा प्रवेश गरेर राजनीति थाल्नु भएको थियो ।

गुल्मीमा जन्मिनु भएका थापा अहिले कपिलवस्तुको वाणगंगा नगरपालिका–६, बनगाईमा बसोबास गर्दै आउनु भएको छ ।