२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


भारतको महाराष्ट्रमा गुडिरहेको यात्रु बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु


91
Shares

काठमाडौं । भारतको महाराष्ट्र नासिकमा आज शनिबार बिहान गुडिरहेको एक बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

बसमा सवार कैयौं मानिसको मृत्यु भएको आशंका गरिए पनि अहिलेसम्म ११ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रहरीले घटनाको पुष्टि गर्दै दुर्घटनामा कैयौं मानिसको मृत्यु भएको जनाएका छन् ।

यो दुर्घटना नासिक र औरंगाबाद सडक खण्ड अन्तर्गत नंदूरनाका क्षेत्रमा भएको हो । आगलागी भएको बस यवतमालदेखि मुम्बईतर्फ जाँदै गरेका बेला दुर्घटना भएको बताइएको छ ।