Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


काेइराला समूहको छुट्टै भेला सुरु


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र सीट बाँडफाँटमा असन्तुष्ट रहेको डा.शेखर काेइराला समूहको भेला सुरु भएको छ ।

बिहिबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड्ल्याडमा भेला सुरु भएकाे हाे । साेही भेलालमा संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदकाे विषयमा छलफल हुने भएकाे छ ।

आगामी ४ मंसिर गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्नेदेखि अलग छुट्टै भेला समेत गर्दै आएकाे छ।

समानुपातिक बन्द सूचीमा एकलौटी निर्णय गरेको भन्दै विरोध गरेपछि संस्थापन पक्षले नामावली सच्याउने काम समेत गरेको थियो ।