शिवहरि भट्टराई (इमेज)
राजविराज, असार ३ । कोरोनाभाइरसविरुद्ध सरकारले अपनाएको नीति सुधारको माग गर्दै बुधबार सप्तरीका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
कोरोना नियन्त्रण तथा रोकथामको नाममा १० अर्ब रुपैयाँ खर्च गरिएको देखाइएपनि अझै ‘क्वारेन्टिन’सम्म पनि व्यवस्थित हुन नसकेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।
विद्यार्थीहरुले सदरमुकाम राजविराजस्थित गजेन्द्रचोकमा ‘सरकारलाई नै स्यानिटाइज गर्नुपर्ने’, ‘अब अति भो’लगायत लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
उनीहरुले ‘पीसीआर’ परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिनहरु व्यवस्थित हुनुपर्नेलगायतका माग गरेका छन् ।
सरकारको गैरजिम्मेवारीका कारण क्वारेन्टिनमै बलात्कारजस्ता घटनाहरु हुन थालेपनि सरकार गम्भीर नभएको उनीहरुले आरोप लगाएका छन् ।
विद्यार्थीहरुले सरकारी बजेटको फजुल नियन्त्रण गर्न र बन्दाबन्दीलाई पूर्णरुपमा कार्यान्वयन गराउनेतर्फ पनि ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्