विवेकशील साझा पार्टीका ३५ जनाको दिए राजीनामा « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


विवेकशील साझा पार्टीका ३५ जनाको दिए राजीनामा


598
Shares

काठमाडाैं । विवेकशील साझा पार्टीका ३५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

लुम्बिनी र गण्डकी प्रदेश संयोजकसहित दर्जनौं साधारण सदस्यले राजीनामा बुझाएका हुन् । पार्टीका पूर्वअध्यक्ष रहेका रवीन्द्र मिश्रले राजीनामा दिएपछि असन्तुष्टि जनाउँदै उनीहरुले पनि राजीनामा दिएका हुन् ।

पार्टीका सार्वभौम सदस्यहरूसँग सहकार्य नै नगरी काठमाडौंमा रहेका सीमित व्यक्तिहरूले एकलौटी रूपमा खारेज गरेको तथा रवीन्द्र मिश्रबिनाको वैकल्पिक राजनीति सफल नहुने राजीनामा पत्रमा उल्लेख गरिएको छ ।