काठमाडौं । नेपाली सेनाले आजबाट नख्खु कारागारको सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।
राजदल गणका ६२ जनाको टोली कारागारको सुरक्षार्थ खटिएको छ । यसअघि सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा ८० जनाको टोली खटार्ईएकोमा उनीहरुलाई सीमा सुरक्षामा पठाउने भएकाले सेनालाई सुरक्षाको जिम्मा दिएको हो ।
कैदीबन्दीलाई नियमित अदालती काम कारवाहीमा भने नेपाल प्रहरीले नै लैजाने छ । ४५ रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा हाल १६ सय जना कैदीबन्दी रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्