-लक्ष्मीप्रसाद सापकोटा/ईमेज
पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा गत शनिबार आठ जनाको ज्यान जानेगरी पहिरो गएपछि स्थानीयहरु त्रसित बन्दै गएका छन् ।
बस्ती भन्दा माथि सडक निर्माण गरिएकाले पनि आफूहरुलाई बस्न समस्या भएको भन्दै स्थानीयहरु स्थान्तरको सोचमा रहेका छन् । पहिरोमा पुरिएर हराएका जेनिश विश्वकर्माको शव चार दिनपछि मात्र फेला परेको छ ।
वर्षायाम सुरु भएसँगै पहिरो जान थालेपछि पर्वतको कुश्मा नगरपालिकाका दुर्लुङका स्थानीयहरु घाम लागे घरमा बस्ने, बादल लाग्न थालेपछि घर छाडेर हिड्ने अवस्थामा पुगेका छन् ।
जब वर्षा सुरु हुन्छ अनि उनीहरुको मुटु काम्न थाल्छ । घरमा सुत्यो भने फेरि पहिरो आएर बगाउने हो कि भन्ने त्रासमा उनीहरु रात काट्न बाध्य रहेका छन् ।
जेठ ३१ गते कुश्मामा गएको पहिरोमा परी ८ जनाको मृत्यु भयो भने करीव १ दर्जन परिवार जोखिममा परेका छन् ।
वर्षायाम सुरु भइसकेकाले जोखिममा परेका परिवारहरु अहिले विस्थापित जस्तै बनेका छन् ।
हरियो र बाक्लो वन र तल रहेको समथर गाउँ । यस्तो ठाउँमा यतिठूलो पहिरो आउँला भन्ने कल्पना समेत गर्न नसकिने ठाउँमा कसरी पहिरो गयो भन्नेमा स्थानीय नै आश्चर्यमा परेका छन् ।
वर्षायाम सुरु भएकाले घरमा बस्न समेत त्रास भएको स्थानीयले बताएका छन् । खेती पनि पहिरोले लगेको भन्दै विलप्प खोज्ने बाध्यला रहेको उनीहरुको गुनासो रहेको छ ।
स्थानीयका अनुसार पर्वतको सरुन्चौर र वनपाखेका परिवार सबैभन्दा बढी जोखिममा परेका छन् । त्यसैगरी कोटगाउँका झण्डै दुई दर्जन परिवार पनि जोखिमा रहेको स्थानीयले बताएका छन् ।
कुश्मा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले दुर्लुङ्गमा मसुलधारे पानीका कारण ठुलो जोखिम निम्तिएको बताएका छन् ।
त्यसैले घर बस्ती बसाउनुपूूर्व विचार गरेर सुरक्षित ठाउँ हो या होइन निक्र्यौल गरेर मात्र पूर्वाधार बनाउन सकियो भने मात्र यस्ता खाले जनधनको क्षति न्यूनिकरण गर्न सकिन्छ ।









प्रतिक्रिया दिनुहोस्