Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रधानसेनापति थापा र महानिरीक्षक खनाल अतिक्रमित भूमि निरीक्षण गर्न छाङरुतर्फ


0
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङरुतर्फ गएका छन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि निरीक्षणका लागि सुरक्षा निकायका प्रमुखहरु त्यसतर्फ प्रस्थान गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

दुवै प्रमुखले कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षण गर्ने तथा दार्चुलाको तिंकर सडक खण्डको अनुगमन गर्ने बताइएको छ ।

सरकारले गत वैशाख ३१ गते दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो ।

दुवै युनिट निरीक्षणका लागि प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल पहिलो पटक गएका हुन ।

उनीहरु धनगढी हुँदै सेनाकै हेलिकोप्टरमार्फत दार्चुलाको छाङरु जाने बताइएको छ ।

यस्तै नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत निरीक्षण भ्रमणमा सहभागी हुने बताइएको छ ।