Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका पुरुषले गरे आत्महत्या


0
Shares

बुटवल । अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका एक पुरुषले आत्महत्या गरेका छन् ।

शितगंगा नगरपालिका–५  हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति  आत्महत्या गरेका हुन् ।

उनले साथीहरु निदाएपछि विद्यालय नजिक रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । उनी अन्य दुईजना साथीहरु सँगै एउटै कोठामा बसेका थिए । उनी जेठ १० गते भारतबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बस्दै आएका थिए ।

विकको गत जेठ २३ गते आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो । मृतकको पीसीआरको रिपोर्ट भने आउन बाँकी छ ।