Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


मदन भण्डारी सडक पर्यटकीय राजमार्ग


442
Shares

सिन्धुली । सिन्धुलीमा मदन भण्डारी लोकमार्गको काम सम्पन्न भएर राजमार्गमा यातायातका साधनहरु सञ्चालन भएपछि पर्यटकीय राजमार्ग भएको छ।

करिब २० मिटर चौडा भएकाे नयाँ सडकमा यात्रा गरी मनोरञ्जन लिनका लागि यस वर्षको दशैँसँगै सार्वजनिक तथा निजी सवारीका साधनहरुको घुइँचो लाग्न थालेको हाे । विगत निर्माणको समयमा धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा राजमार्ग नाम दिइएको थियाे । तर अहिले सोही राजमार्गमा सुनसरीको धरानबाट चतरा, उदयपुरको गाइघाट, कटारी–सिन्धुलीमाडी हुँदै मकवापुर जिल्लाको हेटौंडासम्मको यात्रा गर्न सकिने भएकाे छ ।

याे राजमार्ग विगतमा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाकाभित्री भागलाई जोड्दै सडक यातायातको पहुँच स्थापित गर्ने उदेश्यले निर्माण गरिएको हो । नेपालको पूर्वपश्चिम चुरे पहाडका आसपासबाट निर्माण गरिएको सोही राजमार्गमा यात्रा गर्दा सालको हरियाली वनको साैन्दर्यले आनन्द दिने नयाँ राजमार्गमा यात्रा गर्न समेत सहज हुनेगर्छ ।

जसका कारण यस राजमार्गकाे यात्रा गर्न सबैको रुची समेत बढ्दै गएकाे छ ।