९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


क्वारेन्टिनमा बसेकाहरुको रिपोर्ट १० दिनसम्म आएन, संक्रमणको त्रास बढ्यो


0
Shares

बागलुङ । कोरोना परीक्षण सुस्त हुँदा बाग्लुङको क्वारेन्टिनमा बसेकाहरु कोरोना संक्रमणको जोखिममा परेका छन् ।

बागलुङका १० स्थानीय तहका विभिन्न क्वारेन्टिनमा भारतबाट आएका १७ सय जना बढी संक्रमणको जोखिममा परेका हुन् ।

क्वारेन्टाइनमा बसेका मध्ये करीव ८ सय जना बढीको स्वाव संकलन गरेको १० दिन बित्दा समेत रिपोर्ट आउन सकेको छैन ।

स्वाव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । पीसीआर रिपोर्टमा ढिलाई हुँदा क्वारेन्टिनमा बसेका थप जोखिममा छन् भने स्थानीय सरकारले खानपान र व्यवस्थापन थेग्न पनि कठिनाइ भएको गुनासो गरेका छन् ।

पीसीआर पठाएका बाहेक अरुलाई १४ दिन पुगेको र लक्षण नदेखिएको हकमा आरडिटी गरेर घर पठाउन थालिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

अहिले स्वास्थ्य कार्यालय र धौलागिरी अस्पतालका साथै ढोरपाटन नगरपालिका र बरेङ गाउँपालिकाले आफै भिटिएम खरिद गरेर समेत स्वाब संकलन गरिरहेका छन् ।