
काठमाडौं । इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिताको फेन्सिङतर्फको खेलमा भाग लिएका दुबै खेलाडीले सबै खेलमा पराजित भएका छन् ।
पुरुष व्यक्तिगत फोईल विधामा महेशप्रसाद भाट र सन्जिप लामाले सबै ५-५ खेल हारेका हुन् ।
महेशलाई सिंगापुरका जोशुवा ईयाम लिमले ५-१ ले, जापानका ताकाहिरो शिकिनेले ५-० ले, कम्बोडियाका थियारा छिमले ५-३ ले, भियतनामका हिउ होवाङले ५-१ ले तथा चीनका मेङ्काई हुवाङले ५-० ले पराजित गरे ।
नेपालका अर्का खेलाडी सन्जिप लामालाई कतारका अली ओवाईदाले ५-१ ले, जापानका तोसिया साईदोले ५-२ ले, कोरियका सन योङ कि ले ५-१ ले, मलेसियाका वेई शेन युङले ५-० ले तथा ईन्डोनेसियाका मोहोमद जुल्फीकरले ५-० ले पाखा लगाए ।
प्रतिक्रिया दिनुहोस्