
काठमाडाैं । सत्ता गठबन्धनमा रहेका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाको सिट भागबण्डा मिलाउने प्रयास अन्तिम चरणमा पुगेको छ ।
स्राेतका अनुसार नेकपा एकीकृत समाजवादीको भागमा १७ सिट परेको छ । केही दिनयता बालुवाटारमा गठबन्धनका शीर्ष नेतासहित कार्यदल सदस्यहरु बसेर उक्त टुङ्गाे लगाएका हुन् ।
सिट बाँडफाँटमा भएको छलफलमा कम्तिमा २५ सिट पाउनुपर्ने समाजवादीका नेताहरुको अडान रहँदै आएकोमा २२ सिटमा सहमति गर्ने मनस्थिति बनाएपनि अहिलेसम्मको स्थितिमा १७ सिट भागमा परेकाे छ ।
प्रतिक्रिया दिनुहोस्