
काठमाडौं । लोक संगीतको प्रवद्र्धन र लोक गायन प्रतिभाको खोजी अभियानमा जुटेको इमेज च्यानलले ‘कोल्गेट इमेज लोक कलाकार सिजन–२’ तयारी थालेको छ ।
‘लोक संगीतको महासंग्राम’ नारा दिएको प्रतियोगिताका अडिसनहरु विभिन्न स्थानमा आयोजना हुँदैछन् । भाद्र ३० गते पोखरमा अडिसनको तयारी भइरहेको छ ।
असोज ३ गते चितवनको सौराहामा र असोज ६ गते बुटबलमा अडिसन हुँदैछ । प्रतियोगितामा उत्कृष्टलाई विभिन्न आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्