९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


रौतहटमा थप ५२ जनामा कोरोना पुष्टि


0
Shares

रौतहट, असार २ । रौतहटमा मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटका पाँचवटा स्थानीय तहमा संक्रमित थपिएका हुन् ।

स्वास्थ्यकर्मीको निगरानीमा ‘क्वारेन्टिन’मा बसेका उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ९२१ पुगेको छ ।

यता, रौतहटका १८ वटै पालिकाको क्वारेन्टिनमा बस्नेको संख्या भने पाँच हजार ५६७ रहेको छ ।

कोरोना जितेर घर फर्कनेको संख्या भने ११० रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।