सुगौली सन्धि अघिका निशान र तोप पुनः स्थापना गरिंदै « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


सुगौली सन्धि अघिका निशान र तोप पुनः स्थापना गरिंदै


260
Shares

इलाम । नेपाल एकीकरणको इतिहास बोकेको युद्धकालीन तोप इलाममा पुनःस्थापना हुने भएको छ ।

साेही सन्धिपछि नागरिक गढीबाट इलामको माइस्थान गढीमा सारिएको निशान र तोप पुनःस्थापना हुने भएको हो । १ सय ८५ वर्षअघिको निशान र तोपको ऐतिहासिक महत्व रहेको छ । इतिहासको रुपमा रहेको निशान र तोपको पुनःस्थापनाले इलामको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने भएकाे छ ।

१९ वर्षअघि सुरक्षाका कारण इलामबाट लगिएको निशान २०७४ सालमा पुनः स्थापना भएको थियो । निशान पुनःस्थापना भएपछि नेपाली सेनाको युद्धकालीन ऐतिहासिक तोप पनि इलाममा पुनःस्थापना हुँदैछ। २०५९ साल वैशाख २६ गते नेपाली सेनाले सुरक्षाका कारण ब्यारेकमा राखेका तोपहरु इलामबासीको चाहना र संस्कृति संरक्षणमा नेपाली सेनाको योजना अनुसार पुनःस्थापना हुन लागेको हो।

वि.सं. १८७२ को सुगौली सन्धिपछि भारतको नागरीक गढीबाट नेपाली सेनाको निशान र तोपसँगै सैनिक टुकडी प्रथम पटक सूर्योदय नगरपालिकास्थित पूर्णेडाँडा सारिएको थियो । सैनिक बस्ने गढी त्यसपछि माइ जोगममाइको नामसालिङ हुँदै इलाम नगरपालिकाको माइस्थानमा स्थापना भएको थियो । सेनाले आफ्नो पल्टन गणको सरुवासँगै निशान लैजाने गरिएपनि इलाममा त्यसपछि फेरिएका गणहरुहरुले श्रीनाथको निशान र तोप लगेका थिएनन् । १ सय ८५ वर्षअघिको निशान र तोपको ऐतिहासिक महत्व रहेको छ ।

नेपालको सीमाना पूर्वमा टिष्टासम्म पुगेको प्रमाणको रुपमा रहेको निशान र तोप फर्काउन नेपाली सेनासँगै इलामबासीले अगुवाइ गरेका छन् । पुरातात्विक हिसाबले महत्वपूर्ण रहेको माइस्थान क्षेत्रमा निशानसँगै तोप स्थापनाले इलामको सांस्कृतिक महत्व बढाएको इलाम नगर प्रमुख केदार थापाले बताउनुभयो ।

ज्युँदो इतिहासको रुपमा रहेको निशान र तोपको पुनःस्थापनाले इलामको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्नेछ ।