Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सडक प्रगति निराशाजनक : ६ वटै लक्ष्य पूरा गर्न विभाग असफल


52
Shares

काठमाडौं । सडक विभागद्वारा गत आर्थिक वर्षमा तय ६ वटामध्ये कुनै पनि लक्ष्य पूरा नभएको पाइएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा विभागले ६ वटा लक्ष्य राखेको थियो । ढिलासुस्ती, कमजोर तथा देखावटी अनुगमन तथा कोभिडलगायत कारण पनि ती सबै पूरा हुन नसकेको विभागको प्रस्टोक्ति छ ।

गत आवमा कुल १ हजार ८ सय किलोमिटर नयाँ सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा जम्मा ६ सय १८ किलोमिटर मात्र कालोपत्रे भएको छ । यो कुल लक्ष्यको ३४ प्रतिशत मात्र हो ।

त्यस्तै, गत आवमा कुल ३ सय पुल निर्माण गर्ने लक्ष्य राखेकोमा २ सय ८२ निर्माण सम्पन्न गरिएको छ । यसलाई विभागले आफ्नो उल्लेखनीय प्रगति मानेको छ । तर, आवधिक मर्मत कार्यप्रगति भने सन्तोषजनक देखिदैन ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।