१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लघुबिमा कम्पनीमा आकर्षण बढ्दो

साताको आवेदन माग्दा ३१ निवेदन

39
Shares

काठमाडौं । अन्तिम दिन बिहीबार लघुबिमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै बिमा समितिमा ३१ वटा कम्पनीले निवेदन दिएका छन् ।

बिमा समितिले आवेदन माग गरेको अन्तिम दिन १३ असोजसम्ममा जीवन र निर्जीवन गरी लघुबिमा कम्पनीले आवेदन दिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनका अनुसार आवेदनको अन्तिम दिनसम्ममा निर्जीवन लघुबिमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ ।

म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा कम्पनीको मात्र आवेदन दिएकोमा अन्तिम दिन बिहीबार थप २१ वटा कम्पनीले आवेदन दिएका छन् । बिमा समितिले १० भदौमा ७ वटा लघुबिमा कम्पनीमा कम्पनीको लाइसेन्सका लागि आवेदन मागेका थियो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।