Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


गठबन्धन दल सिट बाँडफाँट सहमति नजिक


195
Shares

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरू आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँट सहमतिको नजिक पुगेका छन् ।

गठबन्धनबीच नेपाली कांग्रेसले ८६, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टी (जसपा) नेपालले १५ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र लिनेगरी सहमति जुट्न लागेको हो ।

नौ वटा क्षेत्रमा कसले कुन लिने दिने भन्ने सहमति अझै जुट्न नसकेको कारण केही जिल्लामा कसले लिने भन्ने बारे अझै आधिकारिक निर्णय आइसकेको छैन ।

सिट बाँडफाँटका लागि गठित कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदल स्रोतका अनुसार कांग्रेसले ८६ सिटमा सहमति जनाएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।