९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


सेती कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण


0
Shares

-बिराज रोस्यारा/ईमेज

कैलाली । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना पुष्टि भएको छ ।

धनगढी उप–महानगरपालिकाकी २८ बर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो ।

सोमवार ६८ जनामा कोरोना पुष्टि भएकोमा २८ बर्षीय स्टाफ नर्समा समेत संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

‘संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत थिईन् ।

अहिले उनको आइसोलसनमा राखेर उपचार भईरहेको छ ।’ उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत परीक्षण गर्ने तयारी भईरहेको छ ।

यसअघि कञ्चनपुरका तीन र डडेल्धुराका एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भईसकेको छ ।