९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


अर्घाखाँचीमा एकै दिन ६ जनामा कोरोना पुष्टि, क्वारेन्टिनबाटै फरार ब्यक्ति पक्राउ


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा एकै दिन ६ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका मध्ये ५ जना पुरूष र १ जना महिला छन् । जिल्लामा संक्रमित हुनेको संख्या ४४ पुगेको छ ।

पाणिनी गाउँपालिका वडा नम्बर ८ को कमला माविको क्वारेन्टिनमा बसेकी १७ वर्षीय गर्भवती महिला रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए । उनी श्रीमानसँगै भारतबाट आएर क्वरेन्टिनमा बसेको थिइन ।

यसैबीच अर्घाखाँचीमा क्वारेन्टिनबाट फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ ढाकावाङका तीन स्थानमा रहेका क्वारेन्टिनबाट फरार भएका ३५ जनालाई सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गत जेठ २२ गते पिसीआर परीक्षणका लागि पठाएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनिहरु  एकाएक क्वारेन्टिबाट भागेका थिए ।

भारतबाट आएका उनीहरु बिगत २५ दिनदेखि क्वरेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।