९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


सुदूरपश्चिममा स्वाब परीक्षणको चाप बढ्यो


0
Shares

कैलाली । सुदूरपश्चिममा चाप बढी भएपछि दुई हजार भन्दा बढीको थ्रोट स्वाबको नमूना परीक्षणका लागि काठमाडौ ल्याएको छ  ।

प्रदेशमा एउटा मात्रै कोरोना परीक्षण प्रयोगशाला संचालनमा रहेको तर शंकास्पद व्यक्ति बढ्दै गएपछि दुई हजार ६६ जनाको नमूना परीक्षणका लागि काठमाडौँ ल्याइएको हो ।

धनगढी प्रयोगशालामा दैनिक दुईदेखि तीन सयको नमुना परीक्षण हुँदै आएको छ ।

सयौँको संख्यामा स्वाब थन्किन लागेपछि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।

अहिलेसम्म सुदूरपश्चिम प्रदेशका ९ हजार ७४ जनाको कोरोना परीक्षण भएको छ ।