Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


सेना र प्रहरीले टेरेन कामपालाई


4.2k
Shares

काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ ।

भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।

पत्र पठाएको करिब तीन साता पुगिसक्दा पनि दुवै निकायले पत्रको कुनै जवाफ दिएका छैनन् ।

कामपाका प्रवक्ता नवीन मानन्धरले नियमअनुसार कर तिर्नुपर्ने बताउँदै कर नतिरे कारबाही गर्ने चेतावनी दिँदै भन्नुभयो, ‘दुवै निकायले कामपाले तोकेको करको वक्यौता तिर्नैपर्छ । हामी फेरि अर्काे पत्र पठाउनेछौं । त्यसपछि कानुनअनुसार अघि बढ्नेछौं ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।