९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


0
Shares

पोखरा । गण्डकी प्रदेशका ५ जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जामा ४, गोरखामा १०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २, कास्कीमा १ र बाग्लुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन ।

भारतबाट फर्किएका संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा राखिने छ ।