Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


जसपा नेता कार्कीसहित १० जनाले गरे पार्टी परित्याग


2.7k
Shares

विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जनाले पार्टी परित्याग गरेका छन्।

पार्टी परित्याग गर्नेमा नेता कार्कीसहित केन्द्रीय सदस्य मित्र चापागाईं, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्य खिरबहादुर भण्डारी, मञ्जु भण्डारी, रामबहादुर जाग्री, सुजन भण्डारी, महिला केन्द्रीय नेता कमला थापा र भोजपुरका जिल्ला नेता किरण विष्ट रहेका छन्।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उहाँहरूले पार्टी परित्यागको घोषणा गर्नुभएकाे हाे। पार्टीको कार्यशैली चित्तबुझ्दो नभएपछि पार्टी परित्याग गर्ने निर्णय गरिएको नेता कार्कीले बताउनुभयाे।