२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतबाट फर्किनेको घुइँचो


91
Shares

कञ्चनपुर । दशैँका लागि भारतबाट फर्किनेको घुइँचो लागेको छ । रोजगारीका लागि भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो ।

एक साता यता कञ्चनपुरको गड्डाचौकी नाकाबाट दश हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार एक दिनमा मात्रै एक हजार बढी नागरिक भारतबाट नेपाल फर्किदै छन् ।

मंगलबारमात्रै एक हजार एक सय ६५ जना स्वदेश फर्किएका छन् । रोजगारीका लागि भारतमा रहेका नेपाली घर नाकामा भीडभाड बढेपछि प्रहरीले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

अहिले भारत जानेभन्दा नेपाल आउनेको संख्या बढी रहेको गड्डाचौकी नाकाले जानकारी दिएको छ ।