अर्काको नाममा ट्रायल परीक्षा दिने पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


अर्काको नाममा ट्रायल परीक्षा दिने पक्राउ


5.07k
Shares

काठमाडौं । अर्काको नाममा ट्रायल परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-६ घर भएका २६ वर्षीय सबिन अधिकारी रहेका छन् ।

दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हाे।

चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा ती व्यक्तिको नाममा ट्रायल परीक्षा दिन लागेकाे सूचनाकाे आधारमा अधिकारीलाई मंगलबार सोही स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई प्रहरी प्रभाग बलम्बुमा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।