९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


रौतहटमा एकैदिन थप ९८ जनामा कोरोना संक्रमण


0
Shares

सञ्जय कार्की (इमेज)

रौतहट, असार १ । रौतहटमा सोमबार एकैदिन थप ९८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

योसँगै रौतहटमा संक्रमितको संख्या ८६९ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटकाअनुसार सोमबार थपिएका संक्रमितहरुमा ईशनाथ नगरपालिकाका ३३ जना, यमुनामाई गाउँपालिकाका ४७ जना, राजपुर नगरपालिकाका आठजना, राजदेवी नगरपालिकाका नौजना र फतुवाविजयपुर नगरपालिकाका एकजना रहेका छन् ।

रोजगारी गरी भारतबाट स्वदेश फर्किएका उनीहरुलाई सम्बन्धित नगरपालिकाको ‘क्वारेन्टिन’मा राखिएको थियो ।

उनीहरुको स्वाबको ‘पीसीआर’ परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कोरोना संक्रमण देखिएका उनीहरुलाई ‘आइसोलेसन’मा राखिने जानकारी दिए ।