थपिए ५४ जना कोरोना संक्रमित « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


थपिए ५४ जना कोरोना संक्रमित


169
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ७ सय २९ जनाको पीसीआर र २ हजार १ सय जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार १ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।