Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


जेष्ठ नागरिकलाई दुर्व्यवहार गर्ने र मनोवल गिराउने गतिविधि सह्य हुँदैन : मन्त्री गुरुङ


0
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जेष्ठ नागरिकहरु ज्ञान, सीप र अनुभवका धरोहर भएकाले उनीहरुमाथि हुने दूव्र्यवहार अन्त्यका लागि परिवार तथा समूदायस्तरमा सचेतना जगाउनुपर्ने बताएका छन् ।

१५ औं ज्येष्ठ नागरिक दूव्र्यवहार विरुद्धको विश्व चेतना दिवसको अवसरमा सोमबार शुभ–कामना व्यक्त गर्दै मन्त्री गुरुङले जेष्ठ नागरिकहरुप्रति व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रले दूव्र्यवहार वा मनोवल होच्याउने कुनै पनि खालका गतिविधि हुन नदिन दृढतापूर्वक लाग्नुपर्ने बताए ।

मन्त्री गुरुङले ज्येष्ठ नागरिकहरुप्रति हुने दूव्र्यवहार अन्त्यका विद्यालय तह देखिनै नैतिक शिक्षामा समेत जोड दिनुपर्ने औंल्याए । नेपालको संविधान, २०७२ ले मौलिक हकको महलमा ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा र संरक्षणको व्यवस्था गरेको छ । जसलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । 

शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरुङले ज्येष्ठ नागरिकलाई सुःखी, सम्मानित एवम् सुरक्षित रहने वातावरण बनाउन उनीहरुकै सहभागितामा आवश्यक नीति, योजना र कार्यक्रम तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयन गराउने आफू क्रियाशिल रहने प्रतिबद्धता पनि जनाए । 

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत् अशक्त, असहाय, बेसहारा ज्येष्ठ नागरिकको प्राथमिकताका साथ संरक्षण गर्ने, स्वास्थ्य उपचारको सुविधासहित उनीहरुको ज्ञान, सीप र अनुभव मुलुकको समृद्धिमा परिचालन गर्ने गरी ज्येष्ठ नागरिक गृहहरु स्थापना गर्ने घोषणा गरिसकेको पनि मन्त्रीले जानकारी गराए ।

स्थानीय तहको सहभागितामा ज्येष्ठ नागरिक मिलन केन्द्र, ज्ञान केन्द्र, ध्यान केन्द्रहरुलाई व्यवस्थित र विस्तार गर्ने, संघ, प्रदेश र स्थानीय तहका सरकारको सहकार्य र समन्वयमा विपन्न र बेसहारा ज्येष्ठ नागरिकहरुको पुनस्र्थापना, सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारितालाई उच्च प्राथमिकतामा राखेको पनि उनले सन्देशमा उल्लेख गरेका छन् ।

ज्येष्ठ नागरिकको क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन गर्ने तथा ज्येष्ठ उमेरमा विद्यावारिधि गर्ने व्यक्तिहरुलाई प्रोत्साहित गर्ने कार्यक्रमहरु समेत अगाडि सारिएको सन्देशमा उल्लेख छ ।

यस वर्ष ‘ज्येष्ठ नागरिक दूव्र्यवहार विरुद्धको आवाज बुलन्द गरौं’ भन्ने नारा समेत तय गरिएको छ । ज्येष्ठ नागरिकलाई कोभिड–१९ को महामारीबाट जोगाउन सरकारले विशेष ध्यान दिएको मन्त्री गुरुङले जानकारी दिएका