
एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘रामसेतु’को टिजर सार्वजनिक भएको छ ।
चलचित्रको टिजरलाई अक्षयले सामाजिक सञ्जाल मार्फत सेयर गरेका छन् । सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अक्षयले क्याप्शनमा लेखेका छन्, ‘रामसेतुको पहिलो झलक, केवल तपाइहरूको लागि, मलाई आशा छ तपाइहरूलाई यो मनपर्ने छ।’
यससँगै अक्षयले चलचित्रको रिलिज मिति पनि घोषणा गरेका छन् । चलचित्र अक्टोबर २५ अर्थात कात्तिक ८ गते रिलिन हुने भएको छ । यस फिल्ममा अक्षय एकदमै नयाँ शैलीमा देखिएका छन् । उनी सेतो दाह्री र लामो कपालमा देखिएका छन् ।
निर्देशक अभिषेक शर्माद्वारा निर्देशित उक्त चलचित्रमा ज्याकलिन फर्नान्डिज र नुसरत भरुचाको पनि मुख्य भूमिका रहेको छ । सन् २०२२ मा प्रदर्शन हुने अक्षयको यो पाँचौ चलचित्र हो । चलचित्रमा अक्षयले एक पुरातत्वविद्को भूमिका निर्वाह गरेका छन् । जसले भारत र श्रीलंकाबीचको राम सेतुको सत्यता पत्ता लगाउन काम गरिरहेका छन्।
विक्रम मल्होत्रा र अरुणा भाटियाले चलचित्रलाई निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्