११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


राष्ट्रियसभा नियमावली सर्वसम्मतबाट पारित


0
Shares

काठमाडौं, जेठ २७ । राष्ट्रियसभा नियमावली–२०७५ सर्वसम्मतबाट पारित भएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकले प्रतिपक्ष दलको समेत सहमतिमा नियमावली पारित गरेको हो । बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले नियमावली पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।

उक्त प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेश गरेपछि नियमावली सर्वसम्मतिले पारित भएको हो ।

राष्ट्रियसभामा ४ वटा विषयगत समिति बन्ने भएका छन् । राष्ट्रियसभाका सदस्यहरुको कार्यकाल समुहगत गोलापर्थाबाट २, ४ र ६ वर्षको आधारमा टुङ्गो लाग्ने भएको छ ।

फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई निलम्बन नगर्ने पक्षमा सबै दलको सहमति भएपछि नियमावली सर्वसम्मतिले पारित भएको हो ।

नियमावलीमा फौजदारी अभियोग लागेका सांसदको सेवा, सुविधा भने कटौति हुनेछ । यस्तै, नियमावलीमा संंसदमा सरकारलाई जवाफदेही बनाउन प्रधानमन्त्री र मन्त्रीहरुले अनिवार्य जवाफ दिने बाध्यात्मक व्यवस्था पनि गरिएको छ ।

राष्ट्रियसभाको अर्को बैठक आगामी असार ३ गते आइतबार ११ बजे बस्ने छ ।